Saturday, August 11, 2012

मोष्टवान्टेडको सूचीमा रहेका दुई युवा पक्राउ

दाङ, श्रावण २७ । दाङ तुलसीपुरको नयाँ बसपार्कबाट अत्याधुनिक हतियारसहित दुई  युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार गयराती पक्राउ परेका ती दुवै युवा प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका फरार अपराधीहरू हुन् ।

प्रधानमन्त्री असंलग्न राष्ट्रहरुको १६ औं सम्मलेनमा भाग लिन जाने

काठमाडौ, श्रावण २७ । प्रधानमन्त्री बाबुराम भट्टराई एक पटक फेरी विदेश जाने तयारीमा रहेका छन् । भदौको १० गते देखी इरानको राजधानी तेहरानमा हुने असंलग्न राष्ट्रहरु १६ औं सम्मलेनमा भाग लिन भट्टराई भदौ ८ गतै नै त्यसतर्फ जान लागेका हुन् ।

अब फेसबुकले प्रहरीलाई पैसा दिनुपर्ने

काठमाडौ, श्रावण २७ । जर्मनीका प्रहरीले अब फेसबुकले पनि आफूहरुलाई पैसा दिनुपर्ने माग राखेका छन् । फेसबुकका कारण हुने विभिन्न घटनाले प्रहरीलाई थप काम गर्नुपर्ने अवस्था आउन थालेपछी प्रहरीहरुले यस्तो माग राखेका हुन् ।

Friday, August 10, 2012

ओलम्पिकमा भ्रष्टाचारको लागि प्रतिष्पर्धा भए भारतले स्वर्ण जित्छ : रामदेव

काठमाडौ, २६ श्रावण  योगा गुरू रामदेवले ओलम्पिकमा भ्रष्टाचारीबिच प्रतिष्पर्धा भए भारतले स्वर्ण पदक जित्ने बताएका छन् । भ्रष्टाचार र राजनीतिक विशुद्धता विरूद्ध रामलिला मैदानमा अनसन बसेको दोस्रो दिन आज उनले यस्तो बताएका हुन् ।

साथीको कुटाइबाट मलेशियामा एक नेपालीको मृत्‍यु

क्वालालम्पुर/मलेसिया, श्रावण २६ । आफ्नै सहकर्मीको कुटाइबाट मलेसियामा कार्यरत एक नेपाली युवाको बिहीबार मृत्यु भएको छ । धरमपुर ४ झापा घर भइ मलक्कास्थित अलोर गाजाको  जुलिस विष्कुट कम्पनीमा कार्यरत बल बहादुर तामाङको मृत्यु भएको हो ।

फिलिपिन्समा बाढीमा परी ६० जनाको निधन

मनिला, श्रावन  ६ । उत्तरी फिलिपिन्समा आएको बाढीमा परी कम्तिमा पनि ६० जनाको निधन भएको सरकारी निकायले जानकारी दिएको छ। बाढीको पानी अहिले घटिरहेको छ। त्यसैले थप मानवीय क्षति रोकिएको हो।

अमेरिका तस्करी हुँदै गरेका नेपाली कोस्टारिकामा पक्राउ

काठमाडौं,  श्रावण २६ । मानव तस्करहरूले अमेरिका लैजाँदै गरेका ७ जना नेपाली ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिका र पानामाको सीमामा पक्राउ परेका छन्। कोस्टारिकाको सार्वजनिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी गैरकानुनी रूपमा छिरेका सात नेपाली पक्राउ गरेको पुष्टि गरेको छ।

Thursday, August 9, 2012

अमेरीकामा नेपालीको पीडा

अमेरिका, २५ श्रावन । "कुनै ठाउँमा काम खोज्न जाउँ, सामाजिक सुरक्षा नम्बर (सोसियल सेक्युरिटी नम्बर) माग्छ, आफूसँग छैन, काम पनि चाहिएको छ तर हामीलाई यहाँको सरकारले त्यस्तो नम्बर दिँदैन"- यो डिपेन्डेन्ट भिसामा अमेरिका आएकी विराटनगरकी निमा आचार्यको गुनासो हो।

Friday, August 3, 2012

भगवान गौतम बुद्धको फोटो जुत्तामा राखेर अवहेलना

काठमाडौ, श्रावण १९ । आजकाल पश्चिमाहरु हिन्दू र बौद्द धर्म विरुद्ध अनेकन अनैतीक कृयाकलाप गर्न लागि परेका छन् । कहिले शिवलिङ्गमा खुट्टा राखेर खिचेको फोटो फेसबुकमा पोष्ट गर्ने त कहिले के गर्ने गर्दै भगवानको खिल्ली उडाउने खालको अर्को घटना सामुन्ने आएको छ । यो कुनै एक व्यक्तिले गरेको नभइकन ठूलो कम्पनिले गरेको हो ।