Tuesday, November 15, 2011

ब्राह्मण/क्षेत्री जातिलाई आदिवासीमा सुचित गर्नुपर्ने

काठमाडौं,  कार्तिक ३० । ब्राह्मण/क्षेत्री जातिलाई ‘अन्य’ जातिको रुपमा नभई आदिवासी रूपमा संविधानमा लेखिनुपर्ने माग गर्दै ब्राह्मण/क्षेत्री समाजले आज संविधानसभा भवन अगाडि धर्ना दिएका छन् । खस क्षेत्री समाज राष्ट्रिय महासङ्घ र ब्राह्मण समाज नेपालले संयुक्त रुपमा तीनकुनेबाट -याली सुरु गरी संविधानसभा भवन अगाडि आएर धर्ना दिएका हुन् ।
नेपालको अन्तरिम संविधानमा ब्राह्मण र खस क्षेत्रीलाई ‘अन्य’ जातिमा राखिइएकाले त्यसलाई तत्काल सच्याएर ब्राह्मण र क्षेत्री नै लेख्नुपर्ने माग गर्दै समाजले आफ्नो माग पूरा नभए देशव्यापी रुपमा आन्दोलनमा उत्रिने खस क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष कुमारबहादुर थापाले बताउनुभयो ।

ब्राह्मण समाज नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीले २० प्रतिशत जनसङ्ख्या भएको क्षेत्री र १३ प्रतिशत जनसङ्ख्या भएको जातिलाई आन्तरिक संविधानमा ‘अन्य’ जाति भनेर राखिनु प्रति दुई जातिको अपमान भएको भन्दै संविधानमा क्षेत्री र ब्राह्मण भनेर नै लेखिनुपर्ने माग गर्नुभयो ।

0 comments:

Post a Comment