काठमाडौं, कार्तिक ३० । गत महिना सिन्धुलीको झाङाझोलिमा भएको भयानक बस दुर्घटनापछि दैनिक जसो सानो /ठुलो सवारि साधनको दुर्घटना भैरहेको छ । यसै क्रममा सुर्खेतबाट भ्रमणका लागि हिडेको बस मंगलवार पाल्पाको चुच्चेवारीमा दुर्घटना हुंदा ३१ जना घाइते भएका छन् । पाँचको अवस्था गम्भिर छ ।
पोखरावाट पाल्पा हुदै सुर्खेत जादै गरको ना ४ ख ३८२७ नम्वरको बस र बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख. ५१७३ नम्बरको ट्रक ठोक्किदा दुघर्टना भएको हो । दुघर्टनामा परी ५ जनाको अवस्था गम्भिर रहेको लुम्विनी मेडिकल कलेज, प्रभास पाल्पाले जनाएको छ । बसका चालक पाँचथर जिल्लाको शिव–७ का ३७ वर्षीय डिलबहादुर आङ्दाम्बे, ट्रकका चालक पाल्पा खस्यौली–१ का ३० वर्षीय भीमसेन दंगाल गंम्भिर घाइते भएका छन् ।
यस्तै, सुर्खेत लाटीकोईली–१ का १४ वर्षीया तारा बुढा, विरेन्द्रनगर जरखुट्टा–१ की २७ वर्षीय पार्वती रुचाल, सोही ठाउकै ५२ वर्षीय रत्नप्रसाद कँडेल घाइते भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट भ्रमणका लागि हिडेको बस पोखरा पुगेर पाल्पामा आइपुग्दा दुघर्टनामा परेको हो । घाइतेको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको अस्पतालले जनाएको छ । ट्रक र बसको अगाडिको भाग क्षतविक्षत भएको छ । मंगलवार अवेरसम्म राजमार्गबाट नहटाउदा एकतर्फिमात्र यातायात संचालनमा छ ।

0 comments:
Post a Comment