काठमाडौं, कार्तिक ३० । गत महिना सिन्धुलीको झाङाझोलिमा भएको भयानक बस दुर्घटनापछि दैनिक जसो सानो /ठुलो सवारि साधनको दुर्घटना भैरहेको छ । यसै क्रममा सुर्खेतबाट भ्रमणका लागि हिडेको बस मंगलवार पाल्पाको चुच्चेवारीमा दुर्घटना हुंदा ३१ जना घाइते भएका छन् । पाँचको अवस्था गम्भिर छ ।
Tuesday, November 15, 2011
ब्राह्मण/क्षेत्री जातिलाई आदिवासीमा सुचित गर्नुपर्ने
काठमाडौं, कार्तिक ३० । ब्राह्मण/क्षेत्री जातिलाई ‘अन्य’ जातिको रुपमा नभई आदिवासी रूपमा संविधानमा लेखिनुपर्ने माग गर्दै ब्राह्मण/क्षेत्री समाजले आज संविधानसभा भवन अगाडि धर्ना दिएका छन् । खस क्षेत्री समाज राष्ट्रिय महासङ्घ र ब्राह्मण समाज नेपालले संयुक्त रुपमा तीनकुनेबाट -याली सुरु गरी संविधानसभा भवन अगाडि आएर धर्ना दिएका हुन् ।
बुधवारबाट माओवादी लडाकुको वर्गिकरण सुरु
काठमाडौं, कार्तिक ३० । सरकारले बुधवारबाट माओवादी लडाकुको वर्गिकरण लगायतको काम गर्ने भएको छ । सेना समायोजन सम्बन्धी बिशेष समितिको बसेको बैठकले बुधवारबाट लडाकुका शिविरमा प्राबिधिक टोली पठाएर समायोजनको काम गर्ने निर्णय गरेको समिति सदस्य भीम रावलले जानकारी दिनुभयो ।
नार हत्याकाण्डका १९ जनालाई सजाय
काठमाडौं, कार्तिक ३० । मनाङको नारमा ०६६ जेठ २७ गते भएको हत्याकाण्डका ४० अभियुक्तमध्ये १९ जनालाई दोषी ठहर गर्दै मनाङ जिल्ला अदालतले सजाय सुनाएको छ । सोमबारको बहसपछि जिल्ला न्यायाधीश काशीनाथ पोखरेलको इजलासले ६ जनालाई २० वर्ष र १३ जनालाई दुई वर्षको कैद सजाय सुनाएको हो ।
श्रीमान्-श्रीमती नदी किनारमा मृत अवस्थामा
काठमाडौं, कार्तिक ३० । पाँच दिनदेखि बेपत्ता प्युठान दाखाक्वाडी- ९ का श्रीमान्/ श्रीमती माडी नदी किनारमा मृत अवस्थामा फेला परेका छन् । गत बिहीबारदेखि बेपत्ता रहेका ६० वर्षीय नेत्रबहादुर खत्री र ५५ वर्षीया गौरी खत्री रम्दीको चेरनेटास्थित माडी नदी किनारमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ ।
एक महिनाभित्र रासनकार्ड वितरण गर्ने
काठमाडौं, कार्तिक ३० । वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्र पेट्रोलियम पदार्थ तथा खाद्यान्नमा सर्वसाधारणका लागि रासनकार्ड वितरण गर्ने घोषणा गरेको छ । विपन्न, विद्यार्थी तथा न्युन आय भएकाहरुलाई राहत कार्डमार्फत ग्यास उपलब्ध गराउने घोषणा पनि मन्त्रालयले गरेको छ ।
रियादमा नेपाली युवतीको सामूहिक बलात्कार
काठमाडौं, कार्तिक ३० । साउदी अरबको राजधानी रियादमा घरेलु कामदाका लागि पुगेकी नेपाली युवती सामूहिक बलत्कारमा परेकी छन् । घरेलु कामदा कपिलवस्तुकी २६ वर्षीया युवतीलाई बलत्कार पछि साउदी अरब स्थित नेपाली दुतावासको गेट अगाडि फालिएको थियो । सामूहिक बलात्कारमा परेकी युवतीको ढाँड र खुट्टा समेत भाँचिएको छ ।
निगमले ५ वटा नयाँ जहाज ल्याउने
काठमाडौं, कार्तिक ३० । पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्टले छिट्ै नेपाल बायू सेवा निगमकोलागी ५ वटा नयाँ जहाज ल्याउने गरी काम भईरहेको खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री विष्टले कतैबाट पनि विवाद नहुने गरी सहमतिमै मन्त्रीपरिषदबाट निर्णय गरेर जहाज किन्ने योजना सुनाए ।
चिनियाँ प्रधानमन्त्री पौषमा नेपाल आउने
काठमाडौं, कार्तिक ३० । चिनिया प्रधामनन्त्री वेन जियावाओ पुष पाँच गते नेपाल भ्रमणमा आउँने भएका छन् । वेनले पुष पाँचदेखि सात गतेसम्म नेपालको भ्रमण गर्ने तय भएको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिएका छन् ।
Subscribe to:
Posts (Atom)