Wednesday, August 1, 2012

युनिटीका अध्यक्ष काशी गुरुङ पक्राउ

काठमाडौं, १७ श्रावण । नेटवर्किङ व्यवसायका नाममा सार्वसाधारणबाट ६ अर्बभन्दा बढी गठि गरेको युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई इलामको पशुपतिनगर क्षेत्रबाट पक्रा गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । उनी लामो समयदेखि भारतमा बस्दै आएका थिए ।


सरकारले युनिटी बन्द गराएपछि प्रहरीले गुरुङसँगै प्रवन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र अर्थ निर्देशक कृष्णबहादर क्षेत्री र महेन्द्र केसीलाई विना इजाजत बैंक तथा वित्तीय संस्था संचालन गरेको बैंकिङ्ग कसुर र ठगी मुद्धामा मोष्ट बाण्टेडको सूचीमा राखेर २ वर्षदेखि खोजी गरिरहेको थियो । अन्य तीन जना भने अझै फरार छन् ।

युनिटीका सञ्चालकहरुले गत असारमा गुरुङकै अध्यक्षतामा जय युनिटी को अपरेटिभ पार्टी गठन गरेको घोषणा गरेका थिए । युनिटीले नेटबर्किङ व्यवसायका नाममा ४ लाखभन्दा बढी सर्वसाधारणको पैसा जम्मा गरेका थिए । युनिटीले एक व्यक्तिबाट ८ देखि १५ हजारका दरले पैसा उठाएको थियो ।

No comments:

Post a Comment