Saturday, August 11, 2012

अब फेसबुकले प्रहरीलाई पैसा दिनुपर्ने

काठमाडौ, श्रावण २७ । जर्मनीका प्रहरीले अब फेसबुकले पनि आफूहरुलाई पैसा दिनुपर्ने माग राखेका छन् । फेसबुकका कारण हुने विभिन्न घटनाले प्रहरीलाई थप काम गर्नुपर्ने अवस्था आउन थालेपछी प्रहरीहरुले यस्तो माग राखेका हुन् ।


फेसबुकका माध्यमबाट कुनै व्यक्ति, संस्थाले आव्हान गरेर गरिएका कार्यक्रमका कारण आफूहरूले थप काम गर्नुपरेको भन्दै प्रहरीले फेसबुकले पैसा दिनुपर्ने या त फेसबुकले आफ्ना प्रयोगकर्तालाई यसबारेमा जानकारी दिएर फेसबुकबाट यस्तो कार्य गर्नबाट रोक लगाउनु पर्ने बताएका छन् । फेसबुकका माध्यमबाट विभिन्न कार्यक्रम आव्हान गरिँदा त्यसको सम्पूर्ण जिम्मा फेसबुकले लिनुपर्ने माग पनि प्रहरीको छ । कार्यक्रमहरुको व्यवस्थापन गर्न प्रहरीहरुले पनि थप दु:ख गर्नुपर्ने वा थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने प्रहरीको भनाई छ । यसका लागि प्रहरीलाई कामअनुसार थप पारिश्रमिक पनि दिनुपर्ने हुन्छ । त्यसको सम्पूर्ण खर्च फेसबुकले नै बेहोर्नुपर्ने जर्मनी प्रहरीले माग गरेको छ ।

प्रहरीले केही समयअघि एक युवकले फेसबुकबाट १५०० मानिसलाई बोलाएर गैरकानुनी काम गरेपछी त्यस भिडका कारण प्रहरीले निकै सास्ती खेप्नुपर्यो । यसले प्रहरीको खर्च समेत बढाएको थियो । प्रहरीले यो खर्च फेसबुकले तिर्नुपर्ने माग राखेको छ । किनकी फेसबुकमा गरिएको गैरकानुनी प्रचारका लागी फेसबुकले त्यसलाई रोक्नुपर्ने थियो तर त्यसबाट फेसबुक चुकेपछी अब त्यसको व्यवस्थापन खर्च त फेसबुकले नै बेहोर्नुपर्ने प्रहरीले बताएका छन् । उनीहरुले उक्त युवाले गरेको उक्त कामको लागि फेसबुकले २ लाख पाउण्ड तिर्नुपर्ने माग पनि राखेको छ । - एजेन्सिको सहयोगमा 

No comments:

Post a Comment