Thursday, August 2, 2012

हात्तिले कुल्चेर झापामा एक जनाको मृत्यु

काठमाडौ, श्रावण १८ । हात्तिले कुल्चेर झापामा एक जनाको मृत्यु भएको छ । राती खेतमा पानी लगाउन गएको बेला हात्तिले किच्दा बुधबारे ४ जयपुरका ४० बषिर्य गणेशमान भुसालको मृत्यु भएको हो ।
राति ११ बजे खेतमा गएका भुसाललाई हात्तिले दुई खुट्टाको बिचबाट च्यातेर मारेको स्थानियबासीले बताएका छन् । हात्तिले पहिले सुडले झटारो हानेपछि च्यातेर मारेको बुधबारे प्रहरि चौकीले जनाएको छ । मृतक भुसालको शवलाई पोष्टमार्टमका लागि अहिले मेचि अञ्चल हस्पिटल भद्रपुरमा राखिएको छ ।


No comments:

Post a Comment