Saturday, August 11, 2012

प्रधानमन्त्री असंलग्न राष्ट्रहरुको १६ औं सम्मलेनमा भाग लिन जाने

काठमाडौ, श्रावण २७ । प्रधानमन्त्री बाबुराम भट्टराई एक पटक फेरी विदेश जाने तयारीमा रहेका छन् । भदौको १० गते देखी इरानको राजधानी तेहरानमा हुने असंलग्न राष्ट्रहरु १६ औं सम्मलेनमा भाग लिन भट्टराई भदौ ८ गतै नै त्यसतर्फ जान लागेका हुन् ।


स्रोतका अनुसार भट्टराईले हवाइ टिकट र अन्य व्यवस्थापन मिलाउन परराष्ट्र मन्त्रालयलाई भनिसकेका छन् । प्रधानमन्त्रीको भ्रमण दलमा दुइ दर्जन उच्च सरकारी अधिकारीहरु सहभागी हुने तय भइसकेको छ । सम्मेलन भारतिय प्रधानमन्त्री सहित धैरै सरकार र राष्ट्र प्रमुख सहभागी हुन भएकाले पनि भट्टराईले जोड गरेको बताइन्छ ।

तर विपक्षी दलहरुले प्रधानमन्त्रीको यो भ्रमणको विरोध गर्न तयार भएर बसेका छन भने केही प्रधानमन्त्रीकै सहयोगीले पनि राजनैतिक संकटको समयमा विदेश भ्रमणमा जान नहुने मत राखेको बताइएको छ। भट्टराईले तेहरानको भ्रमण लगतै अमेरिकाको न्युयोर्कमा हुने राष्ट्रसंघको ६७ औं महासभामा जाने तयारी गर्ने परराष्ट्रलाई भनिसकेका छन् ।

No comments:

Post a Comment