Wednesday, August 1, 2012

भारत अन्धकारमा, सरकारको व्यापक आलोचना

काठमाडौं, १७ श्रावण । भारतमा पावर ग्रीडमा आएको खरावीले प्राय राज्यमा बिजुलीको 'सप्लाई' बन्द भएको छ। उत्तरी ग्रिड, उत्तर-पूर्वी ग्रिड और पूर्वी ग्रिड मा समस्या आएपछी पुरै भारत अन्धकार भएको हो । यी ग्रीडबाट ५० हजार मेगावाट बिजुली सप्लाइ हुने गरेको थियो ।
२२ वटा राज्य यो पावर फेलियरबाट प्रभावित बनेका छन्। ७०० वटा भन्दा बढी रेलहरु जहाँको त्यही रोकिएका छन् भने केही ठाउँमा हवाइ सेवा समेत रोकिएको छ। केही राज्यले क्षमता भन्दा बढी बिजुली प्रयोग गर्न खोजेकाले पावर ग्रिडमा समस्या आएको भारतिय उर्जा मन्त्रीले जनाएका छन्।

बिजुलीमा आएको गडबडीसंगै भारतमा सरकारको व्यापक आलोचना भएको छ।सोमवार देखी भागमा बिजुली गएपनि आज भने धेरै ठाउँमा बिजुली बन्द भएको थियो। भारत सरकारले केही घण्टामा बिजुली सुचारु हुने जनाएको छ।

No comments:

Post a Comment