Saturday, August 11, 2012

मोष्टवान्टेडको सूचीमा रहेका दुई युवा पक्राउ

दाङ, श्रावण २७ । दाङ तुलसीपुरको नयाँ बसपार्कबाट अत्याधुनिक हतियारसहित दुई  युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार गयराती पक्राउ परेका ती दुवै युवा प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका फरार अपराधीहरू हुन् ।



पक्राउ पर्नेमा कोहलपुर ४ बाँके निबासी अन्दाजी ३४ वर्षीय बेलबहादुर घर्ती र २५ वर्षीय जगत केसी रहेका छन् । प्रहरीले पक्राउ परेका घर्ती र केसीको साथबाट एक थान एसएमजी र ५५ राउण्ड गोलीका साथै एसएलआरमा लाग्ने ४ राउण्ड गोली समेत बरामद गरेको छ । नेपालगञ्जमा विभिन्न अपराधिक कृयाकलापमा संलग्न रहेका यी दुईलाई प्रहरीले विगत ६ महिना अघि देखि खोजिरहेको थियो । उनीहरूलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

No comments:

Post a Comment