Wednesday, August 1, 2012

अर्घाखाँची बस दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, १७ श्रावण । नेपालको मध्यपश्चिमका पहाडी जिल्लाहरुमा दिनहु जसो सवारी दुर्घटनामा परि धेरै सर्वसाधारण नागरिकहरुको ज्यान गैरहेको बेला फेरी पनि आज अर्घाखाँचीको झुल्केमा वधुवार भएको बस दुर्घटनामा परी दूई जनाको ज्यान गएको छ । दुर्घटना परि अन्य २८ जना घाइते भएका छन् ।


रुपन्देहीको वटुवलवाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९८५९ नम्बरको बस पुर्ब पश्चिम राजमार्गअन्तरर्गत दाङ र आर्घाखाँचीको सिमानामा पर्ने जुलुकेको झुल्केमा दुर्घटना हुंदा दुईजनाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा बसका सहचालक र एक यात्रु रहेको प्रहरीले जनाएको छ । मृतकको ना र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment