Wednesday, August 1, 2012

बुद्ध एयरको विमानमा चरा ठोकियो

काठमाडौ, श्रावण १८ ।  काठमाडौबाट विराटनगरको लागि उडेको बुद्ध एयरको ९ एन–एजेओ कलसाईन भएको ७२ सिट क्षमताको एटिआर–७२ मोडलको उडिरहेको जहाजमा विहीबार बिहान चरा ठोक्किएको छ । विराटनगर विमानस्थलमा अवतरण गर्नै लाग्दा जहाजमा चरा आएर ठोक्किएको हो ।
क्याप्टेन यशोधरा थापाको कमान्डमा उडेको उक्त जहाजको दायाँ पखेटाको ब्लेडमा चरा ठोक्किएको त्रिभुवन अन्तर्ष्ट्रिय विमानस्थलका एक अधिकारीले जानकारी दिए । उनका अनुसार चरा ठोक्किएपछि ब्लेडमा क्षति पुगेको छ । जहाजको एकातर्फ छ वटा ब्लेड हुन्छ । त्यो मध्ये एउटा ब्लेड कुच्चेका हो । त्यसबाट ईन्जिनमा समेत क्षति पुग्न सक्ने उनले बताए । विमानको निरिक्षणको लागि नागरिक उड्डयन प्राधिकरणको टोलि त्यस तर्फ जाँदै छ । जहाजमा ७० यात्रु सबार रहेको बताइएको छ । चालक दलको सदस्यसहित सम्पूर्ण यात्रुहरु सुरक्षित रहेको बताइएको छ ।


No comments:

Post a Comment