Wednesday, August 1, 2012

चैत्रमा चुनाव नभए अर्को मङ्सिरमा हुने

काठमाडौं, १७ श्रावण । शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले दलहरुबीच सहमति बन्न नसके सरकारले अगामि चैतमा संविधानसभाको अर्को निर्वाचनको मिति तोक्ने बताएका छन् । उनले दलहरुबीच सहमति नभएसम्म निर्वाचन हुन नसके पनि सरकारले नियमित प्रक्रियाबाट आगामी चैतमा निर्वाचन गर्ने बताए ।


राजधानीमा बुधबार आयोजिन साक्षात्कारमा उनले चैतमा पनि निर्वाचन हुन नसके फेरि मंसिरमा निर्वाचनको घोषणा गर्ने तयारी सरकारले गरिरहेको बताए । त्यसका लागि दलहरुबीच सहमति समेत भई सकेको मन्त्री रायमाझीले खुलासा उनले गरे । उनले संविधानका विवादित विषय र  निर्वाचन गर्ने भन्ने विषयमा सहमति नगरेसम्म माओवादीले सरकार नछाड्ने बताउँदै सहमति र निकास बिना सरकार छाडेर नभाग्ने जनाए ।

रायमाझीले विपक्षी दलहरुले प्रधानमन्त्रीको राजिनामा मागेको विषय समेत संविधानसम्मत नभएको दावी गर्दै राजिनामाको कुरा गरेर विपक्षी दलहरुले पुरानै व्यवस्था फर्काउने षडयन्त्र गरेको आशंका व्यक्त गरे । संविधानसभा विगठन गराउने र राष्ट्रपतिलाई राजा बनाउने कांग्रेसको सोचलाई परास्त गर्न सरकारले निर्वाचनको घोषणा गरेको दावी गर्दै निर्वाचनको विकल्प नभएको स्पष्टपारे ।


No comments:

Post a Comment