काठमाडौ, श्रावण १९ । आजकाल पश्चिमाहरु हिन्दू र बौद्द धर्म विरुद्ध अनेकन अनैतीक कृयाकलाप गर्न लागि परेका छन् । कहिले शिवलिङ्गमा खुट्टा राखेर खिचेको फोटो फेसबुकमा पोष्ट गर्ने त कहिले के गर्ने गर्दै भगवानको खिल्ली उडाउने खालको अर्को घटना सामुन्ने आएको छ । यो कुनै एक व्यक्तिले गरेको नभइकन ठूलो कम्पनिले गरेको हो ।
अमेरिकाको क्यालिफोर्नियामा रहेको एक जुत्ता कम्पनीले बौद्ध तथा हिन्दू धर्मका देवता भगवान गौतम बुद्धको अवहेलना गरेको छ । उक्त जुत्ता कम्पनीले भगवान बुद्धको फोटो जुत्तामा राखेर चप्पल तथा जुत्ताहरू निर्माण गरेको छ । सम्पूर्ण बौद्ध धर्मको नै खिल्ली उडाउने गरी गरिएको यस्तो कामले सम्पूर्ण बौद्ध धर्मालम्बीहरू आक्रोशित भएका छन् । क्यालिफोर्नियामा रहेका भुटानी तता तिब्बतीहरूले जुत्ता निर्माण कम्पनी 'आइकन शूज'ले गरेको यो कार्य प्रति घोर आपत्ती प्रकट गर्दै कम्पनीलाई पत्र पठाएका छन् भने फेसबकमा समेत उक्त कार्यको विरोधमा अभियान नै चलाएका छन् । तर कम्पनीले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन् ।
त्यहाँ स्थित इन्टरनेशनल क्याम्पियन फर तिब्बत नामक संगठनका भूचुङ्ग सेरिगले यो घटनालाई निकै नै दुर्भाग्यपूर्ण भएको बताउँदै बौद्ध धर्म र सम्पूर्ण बौद्ध धर्मालम्बीहरुप्रतिको अपमान गरिएको बताए । तिब्बती नेताले लेखेको विरोध पत्रमा शिष्ट भाषामा कम्पनिले यस कार्यप्रति पुनविचार गरेर उकत् फोटोहरू जुत्ताबाट हटाउन आग्रह गरिएको बताइएको छ । यस्तै तिब्बती संसदका उत्तरी अमेरीकी सदस्य ताशी नान्गयालले पनि कम्पनीलाई पत्र लेखेर विरोध पत्र लेखेका छन् ।
उनले पत्रमा भनेका छन्, 'हामीले यो कुरा थाहा पाएका छौ कि तपाईको कम्पनीले बनाएको जुत्तामा भगवान बुद्धको फोटो छापिएको छ । हामीलाई यसले निकै नै चोट पुर्याएको छ । यस्तो गम्भिर असंवेदशिलताप्रति हामी निराश भएका छौ । दुनियाका करौडौ मानिसले पूजा गर्ने भगवानको फोटो जुत्ताहरूबाट हटाउन दृढताका सात यो आग्रह गर्छु की कम्पनीले बुद्धको फोटो भएका जुत्ताको निर्माण बन्द गरोस र बजारमा बेचिएका जुत्ता पनि फिर्ता लिइयोस् ।'
'आइकन सूज'ले गरेको यो काम साच्चै नै निन्दनीय छ । अरूको आस्थामाथि नै प्रहार गर्ने यो कम्पनीले बजारमा बेचिएका सबै जुत्ता फिर्ता गरेर बुद्धको फोटो भएको जुत्ताको निर्माणमा रोक लगाउनु पर्छ र कम्पनीले यस कार्यप्रति जिम्मेवारी देखाउँदै माफी समेत माग्नु पर्छ ।

No comments:
Post a Comment