Friday, August 10, 2012

ओलम्पिकमा भ्रष्टाचारको लागि प्रतिष्पर्धा भए भारतले स्वर्ण जित्छ : रामदेव

काठमाडौ, २६ श्रावण  योगा गुरू रामदेवले ओलम्पिकमा भ्रष्टाचारीबिच प्रतिष्पर्धा भए भारतले स्वर्ण पदक जित्ने बताएका छन् । भ्रष्टाचार र राजनीतिक विशुद्धता विरूद्ध रामलिला मैदानमा अनसन बसेको दोस्रो दिन आज उनले यस्तो बताएका हुन् ।


उनले भने, ' यदी ओलम्पिकमा भ्रष्टाचारका लागी प्रतिष्पर्धा हुने भए भारतले स्वर्ण जित्न सक्थ्यो। ' उनले यसो भनिरहँदा त्यहाँ उपस्थित हजारौको भिडले ताली बजाएका थिए तर उनले उक्त ताली प्रति इङगित गर्दै यो ताली बजाउने विषय नभएको बताएका छन् । योगा गुरू रामदेवले उक्त भाषण गर्नुअघि आफ्नो योग शिविर सञ्चालन गरेका थिए ।

 त्यसपछी उनले भ्रष्टाचारको विरोधमा आफ्नो प्रवचन पनि दिएका थिए यसै प्रवचनका क्रममा भ्रष्टाचारमा भारतले स्वर्ण जित्न सक्ने बताएका हुन् । उनले आफ्नो देशमा रहेको भ्रष्टाचारको चरम अवस्थालाई ओलम्पिकसँग सबैसामू छर्लङ् पार्न चाहेका हुन् । उनले  देशमा रहेको व्यापक भ्रष्टचार रोक्नका लागि सिबिआई लाई स्वतन्त्र बनाए र राजनीतिलाई स्वच्छ बनाए देशको भ्रष्टाचारको समस्या समाधान गर्न सहज हुने बताएका छन् । -एजेन्सी

No comments:

Post a Comment