Friday, August 10, 2012

फिलिपिन्समा बाढीमा परी ६० जनाको निधन

मनिला, श्रावन  ६ । उत्तरी फिलिपिन्समा आएको बाढीमा परी कम्तिमा पनि ६० जनाको निधन भएको सरकारी निकायले जानकारी दिएको छ। बाढीको पानी अहिले घटिरहेको छ। त्यसैले थप मानवीय क्षति रोकिएको हो।


बाढी पीडितहरुलाई अझै पनि खाना, व्ल्याङ्केट र औंषधि अभाव रहेको बताइएको छ। वर्षाका कारण कुनै पनि समय पानी पर्ने र बाढी आउनसक्ने भएकाले शतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। विपत्ती व्यवस्थापन गर्ने सरकारी निकायले आउँदो साता वर्षाले प्रभावित हुनसक्ने बताएको हो।

राजधानी मनिलाको आधाभन्दा बढी भाग पनि वर्षाले प्रभावित भएको छ। बाढीकै कारण विद्यालय र कार्यालयहरुलाई केही दिनका लागि बन्द गरिएको छ। शुक्रबार घाम देखेपछि राहत महशश गरेका स्थानीयहरुले बाढीले भत्काएको संरचनालाई पहिलेकै स्थितिमा ल्याउने कार्य तिब्ररुपमा गरिरहेका छन्। (-एजेन्सीको सहयोगमा)

No comments:

Post a Comment